सरकार विरुद्ध नेपाली कांग्रेसले दार्चुलामा पनि गरे प्रदर्शन

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

सरकार विरुद्ध नेपाली कांग्रेसले दार्चुलामा पनि गरे प्रदर्शन

दृष्टिकोण समाचार मंसिर २९ दार्चुला ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दार्चुला सहित देशभर सरकार बिरोधी प्रदर्शन गरिरहेको छ । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरिरहेको हो । तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको नेपाली काग्रेश दार्चुलाका सचिव हरक बिष्टले जानकारी दिनुभयो । देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नु परेको नेपालि कांग्रेसको भनाई छ । सोमबार दार्चुला जिल्ला  सहित देशभरीमा नेपाली कांग्रेसले  प्रदर्शन गरेका छन । कोरोना महामारीका बेला विरोध सभामा अधिकास नेता तथा कार्यक्रताहरुले स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डको समेत पालना नगरिकनै विरोध सभाको आयोजना गरेका छन ।