गौतम बुद्ध कप क्रिकेट खेलमा राप्तीले नारायणीलाई एक विकेटले हरायो

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

गौतम बुद्ध कप क्रिकेट खेलमा राप्तीले नारायणीलाई एक विकेटले हरायो

चितवन मंसिर २९ । गौतम बुद्ध कप क्रिकेटको सोमबारको खेलमा टिम राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । रायणीले दिएको एक सय ३९ रनको लक्ष्य राप्तीले नौ विकेट गुमाएर एक बलअघि भेटाएको छ । खेल नारायणीको पक्षमा गए पनि अन्तिम ओभरमा दिपेश श्रेष्ठले दुई वटा नो बल फ्याकेपछि राप्तीलाई सहज भएको थियो । राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ र कमल सिंहले अविजित २४ रन बनाए थिए ।गौतम बुद्ध क्रिकेट मैदान चितवनमा यसअघि पहिले ब्याटिङ गरेको नारायणीले आठ विकेट गुमाएर एक सय ३८ रन बनायो थियो । किशोर महताले ३६ र करण केसीले ३२ रन बनाए थिए । नारायणीलाई मध्यम स्कोरमा समेट्न राप्तीका अविनाश बोहरा र सूर्य तामाङले दुई दुई विकेट लिएका थिए ।प्रतियोगिताको फाइनलमा मङ्गलबार राप्ती र नारायणी नै खेल्ने भएका  छन् । कोरोना महामारीपछि बन्द रहेको घरेलु क्रिकेट फेरि सञ्चालनको लागि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगको लागि वाग्मती क्रिकेट सङ्घले प्रतियोगिता आयोजना गरेको छ ।