नेपालमा थप ८ सय २१ जनामा कोरोना सङ्क्रमण, पुष्टि ८ सय ४२ जना डिस्चार्ज

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

नेपालमा थप ८ सय २१ जनामा कोरोना सङ्क्रमण, पुष्टि ८ सय ४२ जना डिस्चार्ज

काठमाण्डौ मंसिर २९ ।  नेपालमा थप  आठ सय २१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४९ हजार दुई सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा आठ सय ४२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ३६ हजार पाँच सय ७३ पुगेको छ । नेपालमा अहिले १० हजार नौ सय ५५ जना सक्रिय सङ्क्रमित छन् । त्यस्तै क्वरेण्टीनमा रहनेको सङ्ख्या चार सय ७१ पुगेको छ । गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय १६ पुगेको छ ।