सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले घट्यो

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले घट्यो

काठमाडौं २९ मंसिर – नेपाली बजारमा स्थिर रहेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९५० निर्धारण गरिएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जानकारी दिएको छ ।