एक युवक महाकाली नदिमा बेपत्ता

६ बर्ष अघि

२0७५ श्रावण १७ बिहीबार

एक युवक महाकाली नदिमा बेपत्ता

दृष्टीकोण समाचार साउन १७ दार्चुला । विहीबार दार्चुला जिल्लाको व्याँस गाउँपालिकामा महाकाली नदि तर्ने क्रममा एक युवक नदिमा बगेर बेपत्ता भएको छ । व्याँस गाउँपालिका वडा नम्बर ५ स्याँकु बस्ने नन्द धामीको छोरा बर्ष १८ को रबी धामी व्याँस गाउँपालिका वडा नम्बर १ बुदीबाट तर्ने क्रममा नदिमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नदिमा बेपत्ता युवकको प्रहरी चौकी सितापुलबाट खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।