१ हजारमा अवैधरूपमा नेपाल प्रवेश गराउने कैलालीका युवक पक्राउ

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

१ हजारमा अवैधरूपमा नेपाल प्रवेश गराउने कैलालीका युवक पक्राउ

धनगडी । भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले नियन्त्रणमा लिएको हो । अवस्थीले भारतको मिजनौर धामपुर बस्ने २५ वर्षीय मोहम्मद आशिकबाट १ हजार रकम लिई सीमा क्षेत्रको तारबारबाट छिराउँदै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । नियन्त्रणमा परेका अवस्थीलाई प्रहरीचौकी पचकडीया र भारतीय नागरिक आशिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीको गौरीफण्टाका एएसआई मुनिमको जिम्मा लगाइएको छ । रासस