कर्मचारीमा कोरोना देखिएपछि अछाम जिल्ला अस्पताल सिल

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

कर्मचारीमा कोरोना देखिएपछि अछाम जिल्ला अस्पताल सिल

आछाम मंसिर २९ । अछाम जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डा मनोज विष्टले जानकारी दिनुभयो । कर्मचारी निको भए लगत्तै सबै सेवा सुरु गर्ने पनि उहाँले बताउनुभयो । कोरोना सङ्क्रमित सबै कर्मचारीहरू होम आइसोलेशनमा रहेका छन् । अस्पताल सिल भएपछि आकस्मिकबाहेकका अन्य उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलाली जानुपर्ने बाध्यता छ ।