राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाण्डौ मंसिर २९ । नेपाल राष्ट्र बैङ्कले आज ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । कुल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो चैत ३ गते परिपक्व हुनेछ । यस्तै दुई अर्बको ट्रेजरी बिल भने ३ सय ६४ दिनको रहेको छ । यो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते पनि १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।