काठमाडौँ मंसिर २९ । अमेरिकामा आजबाट कोभिड—१९ विरुद्धको खोप लगाइँदै छ ।कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप आजबाट लगाउन लागिएको हो ।अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ ।अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै आजबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।