भारतमा थप २७ हजारमा संक्रमण

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

भारतमा थप २७ हजारमा संक्रमण

काठमाडौँ मंसिर २९ । भारतमा थप २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९८ लाख ८४ हजार ७१६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ८७ हजार ६०८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ३९३  पुगेको हो ।