सरकारविरूद्ध संघर्षमा कांग्रेस, आज देशभर प्रदर्शन

३ बर्ष अघि

२0७७ मंसिर २९ सोमबार

सरकारविरूद्ध संघर्षमा कांग्रेस, आज देशभर प्रदर्शन

काठमाडौँ मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरूद्ध संघर्षमा उत्रिएको छ । गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ ।मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ ।कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार  सभापति शेरबहादुर देउवाले मकवानपुरको सभालाई सम्बोधन गर्दैछन् ।यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र निधि भक्तपुरमा, महामन्त्री डा।शशांक कोइराला मोरङमा, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, अर्जुननरसिंह केसी पोखरा, डा।रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित सभालाई सम्बोधन गर्ने रिजालले जानकारी दिए । अरू केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लामा पुगेका छन् ।देशभर भएका प्रदर्शनको केन्द्रीय कार्यालय सानेपाबाट मोनिटरिङ गर्ने जिम्मा महामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गलत मार्गमा हिँडेकाले देशभर आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।सोमबार बिहानै ट्वीट गर्दै उनले प्रदर्शनमा भौतिक दूरी राख्न, मास्क अनिवार्य लगाउन पनि पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिएको जनाएका छन् । शर्माले ट्वीटमा भनेका छन्, ञजांगरले प्रदर्शनमा जुटौं तर  परिस्थिति अनुरुपको सजगता अनिवार्य राखौँ ’िभ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएको तथा निश्चित स्वार्थ समूहको हितमा मात्र सरकार केन्द्रित भएपछि आन्दोलनमा उत्रन परेको कांग्रेसले जनाएको छ ।