सुर्खेतका एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

सुर्खेतका एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना संक्रमण पुष्टि

२८ मंसिर, सुर्खेत । सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । ‘आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ,’ जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले भने, ‘उहाँहरु होम आशोलेनमा हुनुहुहन्छ, अवस्था सामान्य नै छ ।’पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ । नगर स्वास्थ्यशाखा प्रमुख पुरीका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो । सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । नगर शिक्षा प्रमुख पदम विकका अनुसार शिक्षकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो । अर्का संक्रमित शिक्षक वीरेन्द्रनगर नगरपालिकाकै हुन्, तर शिक्षकको पूरा विवरण आइनसकेको जिल्ला जनस्वास्थ्य प्रमुख वाग्लेले अनलाइनखबरलाई बताए ।