प्रेरणाकी श्रोत पार्वती, गरे के सम्भव छैन ?

६ बर्ष अघि

२0७५ श्रावण १७ बिहीबार

प्रेरणाकी श्रोत पार्वती, गरे के सम्भव छैन ?

दृष्टीकोण समाचार साउन १७ दार्चुला । गरेपछि सबै सम्भव छ । तर गर्नेका लागि मात्रै । थुप्रै मानिसहरु गुनासो पोख्छन्, बजारमा बस्न घर छैन, कमाउन केही श्रोत श्रोत छैन, खेतीपाती गर्न जमिन छैन, व्यापार गर्न पैशा छैन इत्यादी । तर खलंगा बजारमा बसेर सिजन अनुसारको सबै व्यापार गर्ने पार्वती ओखेडाले यो सबै कुरा सम्भव गरिदिएकी छन् । उनी बर्षैभरी विभिन्न सिजनको सानो तिनो व्यापार गर्छिन । फलफुल, तरकारी, काफल,मकै लगायतका विभिन्न सिजनमा सडक छेउमा बसेर सानो पूँजीबाट व्यापार गरेर आम्दानी गरी परिवार पाल्नुका साथै दैनिकी चलाउने गरेको पार्वती ओखेडाले बताउनु भयो ।
अहिलेको सिजनमा हरियो मकै पोलेर सबैलाई मकैको स्वाद चखाईरहेकी पार्वतीको परिश्रमलाई सबैले सम्मान गर्नु पर्छ । धाप, दत्तु, लगायतका गाउँबाट प्रति घोका १० देखि २० रुपैँयामा मकै किनेर पोलेपछि २० देखि ३० रुपैँयामा बेच्ने गरेको पार्वतीले सुनाइन् । मकै पोल्न कोइला पनि किन्ने गरेकी छिन् । दिनमा सबै खर्च कटाएर पाँच सय देखि २ हजार रुपँैया सम्म आम्दानी गर्ने गरेको उनले बताइन् । 


काम सानो ठूलो हुदैन । गरेपछि सानोतीनो लगानी बाटै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकी पार्वती ओखेडाबाट हामीले किन प्रेरणा नलिने ?