बैकल्पीक शिक्षण सिकाईलाई औपचारिकता दिनुपर्छ ः ईश्वरी ठगुन्ना 

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

बैकल्पीक शिक्षण सिकाईलाई औपचारिकता दिनुपर्छ ः ईश्वरी ठगुन्ना 

महाकाली नगरपालिका दार्चुलाको शैक्षिक क्षेत्रको बारेमा महाकाली नगरपालिकाका शिक्षा शाखा संयोजक ईश्वरी ठगुन्नासँग एसडि खबर डट कमका पत्रकार पृथ्वीराज सुनामले गरेको अन्तरवार्ताको सम्पादित अंश । 
१.नगरपालिका भित्र कति शैक्षिक संस्था छन् र महाकाली नगरपालिकाले शैक्षिक गतिविधि कसरी सञ्चालन गरिरहेको छ ?
नगरपालिका भित्र जम्मा ५६ वटा विद्यालयहरु छन् । समुदायिक विद्यालय ४८ वटा र संस्थागत विद्यालय ८ वटा गरि जम्मा ५६ वटा शैक्षिक संस्था रहेका छन् । अहिलेको अवस्थामा कोभिड–१९ को कारण असारसम्म सबै विद्यालयहरु बन्द अवस्थामा रहेका थिए । त्यसपछि साउनको १९ गतेतिर नगरपालिका भित्रका प्रमुख अधिकारीसँग यो अवस्थामा सिकाई कसरी अगाडी बढाउने भन्ने बारेमा छलफल गरियो ।  त्यसपछि शिक्षा विज्ञान प्रविधि मन्त्रालयले बैल्पिक माध्यमबाट सिकाई सहजीकरण गर्ने भन्ने निर्देशन जारी ग¥यो । निर्देशन जारी गरेपछि समुदायमा नै शिकाइ केन्द्रहरु राखेर विद्यालयका प्रध्यानाध्यापक र शिक्षकहरुसँग सल्लाहगरि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर कक्षा संचालन गर्ने भनी कक्षाहरु पनि संचालन भएको थियो । तर त्यो पनि प्रभावकारी देखिएन । एफ एम, टेलिभिजन, अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गर्दा त्यो पनि दार्चुलाको लागि त्यति प्रभारकारी भएन र कोरोना संक्रमण बढ्न थालेपछि सिकाई क्रियाकलाप पनि बन्द भयो । पछि गएर शिक्षा मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण गर्ने भनेर निर्देशिका जारी भयो र त्यसपछि पनि हामी विद्यायबाट र अभिभावकहरुबाट त्यस सम्बन्धि सुझाव लिँदा विद्यालयमा नै सिकाई केन्द्रहरु राखेर सुरक्षाका मापदण्ड अपानाएर सिकाई सहजीकरण गर्ने भन्ने निर्णय आयो । कतीपय विद्यालयहरुले थोरै विद्यार्थीको संख्या भएकाले त्यस्तो कार्यक्रम पनि सञ्चालन ग¥यौँ । त्यसपछि नयाँ कार्य ढाचाँ मन्त्रालयले संचालन ग¥यो जसमा स्थानीय तहले स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गरी विद्यालयहरु संचालन गर्ने भनी निर्देशिका जारी गरेको थियो । त्यो अनुसार हाम्रो महाकाली नगरपालिकाको समाजिक विकास समितिले निर्णय गरेर यही मिति २०७७ मंसिर ८ गते देखि पत्रचार गरेर विद्यालयहरु संचालन गर्ने भनेर हामीले पत्रचार ग¥यौ र अहिले विद्यालयहरु संचालन भईरहेका छन् । 
२. महाकाली नगरपालिकाले शैक्षिक नगरी घोषणा गरी शिक्षा क्षेत्रमा विभिन्न निती र कार्यक्रम लागु गरेको थियो, अहिले त्यो कार्यक्रम कहाँ पुगेको छ ?
ग्त सालदेखि संचालन भईरहेको थियो तर कोभिड–१९ को कारणले गर्दा त्यो तालिमका कार्यक्रमहरु अहिलेको अवधिमा संचालन भएका छैनन् । तर विद्यालयमा कक्षा सबलिकरण, विद्यालयहरुलाई प्रोत्साहन गर्ने कुराहरु, महाकाली नगरपालिका बालबालीकाको आधारशिला (बाल बिकास) त्यहाँ देखी नै विद्यार्थीको गुणस्तर सुधार गरौँ भनेर बालविकास केन्द्रहरुलाई भौतिक रुपमा हरेक किसिमका सामग्रीहरु सुविधा सम्पन्न बनाउने भनेर नगरपालिकाले  कार्यक्रम अगाढी बढाएको थियो । त्यो अनुसार नगरपालिका भित्र रहेका १८ ओटा बालविकास कक्षाहरु सबलिकरण भइसकेको छ । यो वर्ष पनि ८ ओटा बालविकास केन्द्रहरु प्रत्येक पालिकामा एउटा–एउटा गरेर यो वर्ष पनि सबलिकरणको कार्यक्रम अहिले हाम्रो सम्झौता गर्न बाँकी छ तर निर्णय भइसकेको छ । त्यस्तै गरेर  सामुदायिक विद्यालयहरुमा बालबालिकाको संख्या अहिले घटिरहेको अवस्था छ । यसको कारण जनसंख्या वृद्धि र संस्थागत विद्यालयतिर बढी आकर्षित हुनु अर्थात् अंग्रेजी भाषा तिर बढी आकर्षित भएको हुनाले सामुदायिक विद्यालयतिर विद्यार्थीहरुको संख्या घटिरहेको देखेर हामिले १५ जना भन्दाकम विद्यार्थीहरु भएको बालविकास केन्द्रलाई त्यही अनुसारको प्रोत्साहन रकम दिने भनेर पनि नगरपालिकाले कार्यक्रम राखेको छ, त्यो रकम पनि विद्यालयमा जान्छ । अनि अतिरिक्त कक्षाहरु जस्तै गणित, अगं्रजी र विज्ञानको संचालन गरे बाफत सो शिक्षकलाई प्रोत्साहन रकम थोरै भएपनि उपलब्ध गराउने कार्यक्रम संचालन भएको छ । अरु कार्यक्रम निरन्तर चलिरहेका छन् । शिक्षकको क्षमता विकास तालिम कार्यक्रम चाँही अहिले नभएको तर यो वर्ष संचालन हुने योजना रहेकोे छ । 
३. शिक्षा गुणस्तर बृद्धीका लागि योजनाहरु के–के छन् । अथवा नगरपालिकाले के–कस्ता योजना बनाएको छ ?
शिक्षाको गुणस्तर बृद्धीको लागि सबभन्दा पहिले शिक्षक तालित प्राप्त हुनु प¥यो । अधिकांश शिक्षकहरु तालिम प्राप्त पनि छन् । तर शिक्षकहरुलाई एकचोटी मात्र तालिम दिएर मात्र हुदैँन । उनीहरुलाई पुनः तालिम दिई राख्नु प¥यो । शैक्षिक सामग्रीहरु पनि गत वर्ष विद्यालयहरुमा अनुगमन गर्दा खेरी नभएको अर्थात् थौरै भएपनि प्रयोगमा नआएको हामीले पाएका छाँै । महाकाली नगरपालिकाले नौ ओटै वडाहरुका आधारभुततहका विद्यालयहरुलाई गत वर्ष ९ ओटा विद्यायहरुलाई आधारभूत शैक्षिक सामग्रीहरु वितरण गरेको छ । यो वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन्छौँ । तर शैक्षिक सामग्रीहरुको पनि प्रयोग हुनुु प¥यो । कक्षा कोठाहरुको निरिक्षण गर्दा खेरी शिक्षकहरुले प्रयोग नगरेको हुनाले त्यसको लागि पुनः तालिम संचालन गर्नेछौ । र विद्यार्थीहरुकोे अध्ययनशिलता एकदम कम  भएको हामिले पाएका छाँै, त्यसका लागि अभिभावक शिक्षा जस्ता कार्याक्रम पनि लागु गर्ने योजना हामिले बनाएका छौँ । 
शिक्षा क्षेत्रमा नगरपालिकाले गरेको उपलब्धीहरु के–के हुन् ?
हाम्रो नगरक्षेत्रभित्र जुन विद्यालयहरु बन्द हुने अवस्थामा पुगिसकेका थिए, अहिले चाँही त्यो विद्यालयहरुमा विद्यार्थीहरुको संख्या बढ्दो क्रममा छ । त्यहाँ भौतिक संरचनाहरुको अभाव चाँही छैन । नगरपालिकाले भौतिक रुपमा विद्यालयहरुलाई सम्पन्न बनाउने र विद्यार्थीहरुलाई बस्नको लागि उपयुक्त स्थान हुनु प¥यो भन्ने हिसाबले हरेक विद्यालयहरुमा गएर नगरपालिकाबाट अनुगमन गर्ने त्यहाँ चाँही कस्तो भौतिक संरचनाहरु छ कि छैन, उपलब्ध भएपनि मर्मत गर्नु पर्ने वा नयाँ निमार्ण गर्नु पर्नेछ, ति सबै पक्षलाई मध्यनजर गरेर नगर भित्रका सबै शैक्षिक संस्थाहरु भौतिक रुपमा सम्पन्न बनाउने हाम्रोे योजना छ । त्यस्तैगरी विद्यालयहरुमा शिक्षकहरुको उपस्थिति कस्तो छ, शिक्षकहरु नियमित रुपमा उपस्थित भइराखेका छन् कि छ्रनन्, अध्यापन कार्यक्रम अगाडी बढाई राखेका छन् कि छैनन् जस्ता क्रियाकलापका लागि हामीले ई हाजिरी जडान गर्ने कार्यक्रम पनि सम्पन्न भएको छ । सबै विद्यालयहरुमा नभएपनि माथिल्लो तहबाट संचालन गर्ने भनेर कतिपय विद्यालयहरुमा संचालन भईसकेको छ । अब बाँकी विद्यालयहरुमा पनि त्यो कार्यलाई निरन्तरता दिई राखेका छौ ।  
५.शिक्षा क्षेत्रका आम चुनैतीहरु र समस्याहरु के छन् र तिनीहरुलाई कसरी समाधान गर्न सकिएला ?
शिक्षा क्षेत्रका धेरै चुनौति छन् तर कोरोनाको कारणले थप चुनौति भित्रिएको छ । अहिले शैक्षिकशत्र गईसकेको छ । त्यसलाई चाँही अहिलेको अवस्थामा कसरी प्रभावकारी बनाउने, कसरी कक्षा सञ्चालन गर्ने, बिना मूल्याकंन गरी विद्यार्थीहरुलाई कक्षा उकास्नु त भएन त्यसका लागि चाँही पाठ्यक्रम विकास केन्द्रले पाठ्यवस्तु समायोजन ढाचाँ भनेर दिएको छ । त्यसमा शिक्षकहरुले सहजीकरण गरेर के—के सिकाउने र अभिभावको सहयोगमा  विद्यार्थीले के सिक्ने र आफै अध्ययन गरेर के सिक्ने, भनेर त्यही अनुसार पाठ्वस्तुलाई समायोजन गरेर सिकाई सहजिकरण अगाडी बढाई सिकाइयो भने हाम्रो शैक्षिक शत्र खेर जादैन अहिलेको अवस्थामा पनि त्यो अनुसार सिकाउनु सकीएन भने हाम्रो शैक्षिकशत्र खेर जान्छ भन्ने पनि चिंता छ । अहिले विद्यालयहरु संचालनमा आइसकेका छन् । पाठ्यबस्तु समायोजन ढाँचा अनुसार नै विद्यालयहरुलाई पठन पाठन क्रियाकलाप सञ्चालन गर्न भनेका छौ । 
६. शिक्षा क्षेत्रमा कोभिड–१९ को कारण धेरै प्रभाव परेको छ यसलाई कसरी परीपूर्ती गर्न सकिन्छ ?
शिक्षा क्षेत्रमा अहिलेको अवस्था हेर्दा खेरी अपूर्णनिय क्षेती भईसकेकको छ । विद्यार्थीहरु र देशको भविष्य अहिले खतरामा छ, भन्नु प¥यो । अब यसलाई परिपूर्ती गर्नका लागि हामिले वैकल्पिक शिकाई माध्यमहरुलाई पनि औपचारिक पठन पाठनमा समायोजन गरेर अबको सिकाई क्रियाकलापलाई अगाढी बढाउने भन्ने छ ।