स्पेनिस लिगमा रियाल मड्रिडद्धारा एथ्लेटिको पराजित

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

स्पेनिस लिगमा रियाल मड्रिडद्धारा एथ्लेटिको पराजित

काठमाडौं  मंसिर २८ । स्पेनिस लिग फुटबलमा साविक विजेता रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई हराएको छ ।रियाल मड्रिडको मैदानमा गएराति भएको मड्रिड डर्बीमा लिग लिडर एथ्लेटिको २–० ले पराजित गरेको  छ ।खेलमा रियालका कासेमिरोले एक गोल गर्दा एथ्लेटिकोका गोलरक्षक यान ओब्लाकले एक आत्माघाति गोल गरे छन्  ।जितसँगै ला लिगा अंक तालिकाको तेस्रो स्थानमा रहेको रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिकोसँगको दुरी ३ अंकमा सिमित गरेको छ ।ला लिगाकै अन्य खेलहरुमा सेभियाले गेटाफेलाई १–० ले हराउँदा हुएस्काले आलाभेजमाथि १–० कै जित निकालेको छ ।यसैगरी भ्यालेन्सिया र एथ्लेटिक बिल्बाओले २–२ गोलको बराबरी खेलेका छन् ।