एक सय ५८ गर्भवती तथा सुत्केरीको उद्धार

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

एक सय ५८ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाण्डौ मंसिर २५ । सरकारले अहिलेसम्म एक सय ५८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक सय ५८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको कार्यक्रमकी समन्वय इकाई प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिनुभयो । हुम्ला, डोल्पा, अछाम, बाजुरा, धादिङ, दोलखा, खोटाङ लगायतका जिल्लाबाट उद्धार गरिएको हो । लामो समय सुत्केरी व्यथा लागेर बच्चा जन्माउन समस्या भएको, गर्भमा नै बच्चाको ज्यान गएको, गर्भवती अवस्थामा शरीर सुन्निएको, सुत्केरी भएपछि धेरै रगत बगेमा, रक्तअल्पता भएको गर्भवती र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीको उद्धारको काम हुँदै आएको छ । यो कार्यक्रममार्फत सडक सञ्जालको पहुँच नपुगेका दुर्गम हिमाली तथा पहाडी ३० जिल्लामा पूर्ण र १८ जिल्लाका दुर्गम पालिकामा निःशुल्क हवाई उद्धार गर्ने उल्लेख छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि २०७५ सालदेखि यो कार्यक्रम लागू भएको भए पनि उद्धारको काम भने २०७६ साउन १ गतेदेखि सुरु भएको हो ।