मोरङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

मोरङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

मोरङ मंसिर २८ । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१३ मा प्रदेश १–०२ –०४२ प ९६४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी सप्तरीको राजविराज घर भई विराटनगर–१३ मा बस्दै आएकी ६१ वर्षीया शान्तिदेवी देवको शनिबार साँझ पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल र चालक मोरङको कटहरी गाउँपालिका–१ का ३० वर्षीय वीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।