एक बर्षमा दार्चुलामा महिला हिंसा सम्बन्धी पाँच दर्जन घटना दर्ता

६ बर्ष अघि

२0७५ श्रावण १६ बुधबार

एक बर्षमा दार्चुलामा महिला हिंसा सम्बन्धी पाँच दर्जन घटना दर्ता

सुलोचना महता, साउन १६ दार्चुला । दार्चुला जिल्लामा गत आर्थिक बर्ष २०७४÷७५ मा महिला हिंसा सम्बन्धी ५६ वटा घटना प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार उक्त घटनाहरु विभिन्न बेला प्रहरीमा दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलामा दर्ता भएका घटनाहरु मध्ये घरेलु हिंसा सम्बन्धी ३१, महिला हिंसाका ५, लैंङ्किक हिंसाका १३, जबरजस्ती करणीका २, बहुविबाहका ३, बेचबिखन १ र अल्पत्र परेको एक घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको हो ।

सोहि वर्ष हराएका महिलाहरु १९ जना, बालिका ३ गरी जम्मा २२ वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनाहरु छलफल तथा समझौता गरी समाधान गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सम्झौता हुन नसकेका घटनाहरु जिल्ला प्रहरी कार्यालयले अदालत पठाउने गरेको छ ।  महिला हिंसा नियन्त्रण गर्न विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन भईरहेको र यौनजन्य  र्दुव्यवहार जस्ता गतिविधिहरु दर्ता हुन आएमा शुन्य सहनशिलता भएर कडाइका साथ कानुन लागु गर्ने प्रहरी नायक उपरिक्षक नवराज अधिकारी बताउनु भयो ।