बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय आईतवार देखि खुल्ला

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय आईतवार देखि खुल्ला

बैतडी मंसिर २८ । बैतडी जिल्लाकाे दशरथचन्द नगरपालिकाका विद्यालयहरु आईतवार देखि खुल्ने भएका छन् । मंसिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । विद्यालय सञ्चालन गर्नका लागि नगर कार्यपलिकाको बैठकले निर्णय गरेको र लामो समयदेखि विद्यालय बन्द रहँदा पठनपाठन कार्य प्रभावित भएकोले सञ्चालनको तयारी भएको दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ को परिधि भित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र नगरपालिकाले कोरोनाको संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरेको नगरप्रमुख थापाले बताउनु भयो  ।  दशरथचन्द नगरपालिकामा हालसम्म १३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ३८ जना मात्रै सक्रिय अवस्थामा छन् ।