कञ्चनपुरमा जारी रहेको पीएम कप सुदूरपश्चिम छनौटः आईतवार २ खेल हुदै

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

कञ्चनपुरमा जारी रहेको पीएम कप सुदूरपश्चिम छनौटः आईतवार २ खेल हुदै

महेन्द्रनगर मंसिर २८ । कञ्चनपुरमा जारी रहेको प्रधानमन्त्री कप पीएम एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगितामा आईतवार पनि २ खेल हुने भएका छन् । महेन्द्रनगर स्थित कभर्डहल मैदानमा बिहान ९ बजेदेखि कञ्चनपुर र अछाम भिडने छन् भने खुलामञ्च मैदानमा डडेल्धुरा र डोटी प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि शनिबार भएका खेलमा अछाम र डडेल्धुराले विजयी शुरुवात गरेका छन् । महेन्द्रनगर स्थित कभर्ड हल मैदानमा उद्घाटन खेलमा डोटीलाई ६१ रनले स्तब्ध पार्दै अछामले विजयी सुरुवात गरेको स्कोरर निरञ्जन बोहराले जानकारी दिए । उता, खुलामञ्च खेल मैदानमा भएको अर्को खेलमा कञ्चनपुरलाई ६ विकेटले हराउदै डडेल्धुराले पनि विजयी शुरुवात गरेको थियो । पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुदैंछ । महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।