पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुम मसिर २८ । पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना को मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालिकाहरुको मृत्यु भएको जनाइएको छ । शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।