सीमा पूल खुलाउन दबाब दिन उद्योग व्यवसायी दवाव 

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

सीमा पूल खुलाउन दबाब दिन उद्योग व्यवसायी दवाव 

दृष्टिकोण समाचार मंसिर २८ दार्चुला ।  दार्चुला उद्योग वाणिज्य संघ र प्रान्तिय उद्योग व्यापार प्रतिनिधि मण्डल उत्तराखण्ड, धार्चुलाका व्यापारीहरु सीमा नाकाका झोलुंगे पूल खुलाउन दबाब दिने भएका छन । दुवै क्षेत्रका उद्योग व्यवसायीहरुको धार्चुलामा बसेको संयुक्त बैठकले नौ महिनादेखि सीमा पूल हुँदा व्यापारी, उपभोक्ता, विद्यार्थी, कर्मचारी सबै मार्कामा परेको भन्दै झोलुंगे पूल नियमित खुलाउन दबाब दिने भएका हुन । दुवैतर्फका व्यापारीहरुले जिल्ला प्रशासन कार्यालयलाई पूल खुलाउने विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन । धार्चुलाका व्यापारीहरुले एसडिएम कार्यालयमार्फत र दार्चुला उद्योग वाणिज्य संघले जिल्ला प्रशासनलाई पूल खुलाउने विषयमा दबाब दिने सहमति गरेका हुन ।आम उपभोक्ताले अहिले सीमा पूल नखुल्दा रोजीरोटी गुमाउनुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, दुवैतर्फका मजदुर समस्यामा परेका छन् । व्यापारीहरु भाडा तिर्ने सक्ने अवस्थामा छैनन । भारतीय व्यापार मण्डलका पूर्व अध्यक्ष अशोक नवियाल कोरोनाको कारण देखाउँदै अब धेरै लामो समयसम्म पूल बन्द गर्न नहुने बताउनुुहुन्छ । व्यापारीहरु एक भएर जुटौं । रोजी रोटी चेलीबेटीको सम्बन्ध हो दार्चुला धार्चुला । जनताको हितको लागि अब व्यापारीले दुवैतर्फका स्थानीय प्रशासनमा दबाब दिएर पूल खुलाउन सहमत गराऔं । उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्ना दार्चुला उद्योग वाणिज्य संघ नियमित पूल खुलाउने पक्षमा रहेको भन्दै यसको लागि दुवै तर्फका व्यापारी एक जुट हुनुपर्ने बताउनुहुन्छ । पूल नखुल्दा हाम्रा गरिब जनता समस्यामा छन । मजदुरले काम गर्न पाएका छैनन् । दैनिक सयौं जना धारर्चुलामा काम गरेर जिविका चलाउँथे । सुन्तला लगायतका फलफुल धार्चुलामा गएर राम्रो आम्दानी गर्ने किसानले दार्चुलामा मूल्य पाएका छैनन् । अब नौ महिनासम्म सीमा पूल बन्द गराएर उपभोक्तालाई समस्यामा पार्न नहुने अध्यक्ष ठगुन्नाको भनाई छ । उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मदनसिह बुढाथोकीले विद्यार्थी, कर्मचारी, मजदुरको लागि भएपनि यो पूल खुलाउनुपर्ने बताउनुभयो । हामी हाम्रो प्रशासनमार्फत पूल खुलाउने विषयमा छलफल गर्छौ । यसअघि पनि हामीले हप्तामा दुई दिन पूल खुलाउने निर्णय नै गरेका हौं उहाँले भन्नुभयो, त्यो कार्यान्वयन भएन् । अब दुवैतर्फका प्रशासनमा पूल खुलाउने विषयमा छलफल हुनु जरुरी छ ।धार्चुला ब्यापार मण्डल संघका कमल कौशलले नेपाल र भारतका नागरिकको सम्बन्ध अझै उचाईमा पुर्याउन व्यापारीहरुको भूमिका रहेको बताउनुभयो । आवत जावतमा सहजता हुँदै गएको भन्दै सम्बन्ध प्रगाढ हुन्छ । सीमित समयका लागि पुल खोल्ने कार्यले बजारमा भीड बढेको छ । दैनिक पूल खुलाउँदा भीड स्वतह कम हुदँै जान्छ । अहिले धार्चुलाबाट खाद्यान्न सामग्री, मिश्री, चिनिको कारोबार अत्यधिक हुँदै आएको छ । धार्चुलाका व्यापारी एवं व्यापार मण्डलका संघका संयोजक राजन कोहली नेपालको भन्दा धार्चुलामा सस्तो मूल्यमा मिश्री चिनि पाइने भएकोले बढि भीड र निर्यात हुने गरेको बताउनुहन्छ । यहाँका हाम्रा नागरिक पनि समान लिन दार्चुला जान्छन् । दुवैतर्फ सयौंको भीड हुने गर्छ । धार्चुलामा भेन्टिलेटरसहितको आइसियु छैन् । हाम्रा नागरिक पनि तपाईहरुको जिल्ला अस्पतालमा उपचार गराउन जान सक्छन्, उहाँले भन्नुभयो, यसको लागि पूल खुलाउने विषयमा साझा धारणा बनाएर अघि बढ्नुको विकल्प छैन् ।दार्चुला उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक अमरसिह महराले पूल खुल्नु खुलाउनु दबै देशका जनताको हितमा हुने बताउनुभयो । अहिले पूल कहिले काहि खुल्दा कोरोनाको जोखिम छ, तर नियमित खुलाउने हो भने यो जोखिम कम हुन्छ । दुवै क्षेत्रका नागरिकको हितको लागि वाणिज्य संघले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उहाँको जोड छ । धार्चुलामा भएको बैठकमा दार्चुला उद्योग वाणिज्य संघको तर्फका अध्यक्ष मंगलसिह ठगुन्ना, बरिष्ठ उपाध्यक्ष मदनसिह बुढाथोकी, कोषाध्यक्ष हंशराम कुवर, सह कोषाध्यक्ष गिता ठगुन्ना, उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक अमरसिह महरा, लगायतको सहभागिता रहेको थियो । भने धार्चुलाको तर्फबाट अध्यक्ष भुपेन्द्र थापा, पूर्व अध्यक्ष अशोक नवियाल, लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
उद्योग वाणिज्य संघ दार्चुलाका पदाधिकारी, नेपालका पत्रकारहरुलाई धार्चुला व्यापार मण्डलर्लाइ पूष्पा गुञ्छाले स्वागत समेत गरेका थिए ।