दार्चुलाका उच्च हिमाली भेगमा हिमपात सुरु

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

 दार्चुलाका उच्च हिमाली भेगमा हिमपात सुरु

 दृष्टिकोण समाचार मंसिर २७ दार्चुला ।  जिल्लाका उच्च हिमाली भेगहरुमा हिमपात सुरु भएको छ । शुक्रबार दिउसोबाट मौसममा आएको बदलीका कारण जिल्लामा चिसो बढ्नुका साथै उच्च हिमाली भेगहरुमा हिमपात भएको स्थानियले बताएका छन् । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ को तिंकर, छाङ्गरु, सितापुल लगायतका ठाउँहरुमा हिमपात भएको छ, भने, दुहुँ गाउँपालिकाको शिद्धटोपी, नौगाड गाउँपालिकाको वडा नम्बर १ को नागु, लक्सेरी, मानाकोट, अपिहिमाल गाउँपालिकाको, उच्च भेगहरुमा हिमपात भएको नौगाडका स्थानियले जानकारी दिनुभयो । जिल्लाका उच्च हिमाली भेगहरुमा यो बर्षको पहिलो पटक हिमपात भएको छ । शनिवार विहानै देखी मौसम नखुलेका कारण हल्का वर्षा र हिमपात भैइरहेको छ । उच्च हिमाली भेगहरुमा हिमपात भए संगै सदरमुकाम लगायत ग्रामिण क्षेत्रहरुमा निकै चिसो बढेको छ ।