सहकारी क्षेत्रमा सरकारी पक्षको लगानि बढाउनु आबश्यक

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

सहकारी क्षेत्रमा सरकारी पक्षको लगानि बढाउनु आबश्यक

दृष्टिकोण समाचार मंसिर २७ दार्चुला  दार्चुला जिल्लाका स्थानीय तह तथा सरकारी निकायले सहकारी क्षेत्रमा लगानी बढाउनु आवश्यक रहेको बताएका छन् । शनिबार केदारनाथ बचत तथा क्रण सहकारी संस्थाको १५ औँ बार्षिक शाधारण सभामा शुभकामना मन्तव्य दिदै जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीले उक्त कुरामा जोड दिएका हुन् । देशको समृद्धिका लागी तिनखम्बे अर्थनितिको अवलम्बन गरि  सहकारीको माध्यमबाट कृषि, पशुपालन, रोजगारी  र सिपमुलक तालिमका क्षेत्रमा लगानी बढाउनु आवश्यक रहेको समन्वय समिति प्रमुख कार्कीले बताउनु भयो । स्थानीय नागरिकहरुलाई रोजगारी सृजना गर्न तथा गाँउको विकासका लागि सहकारी संस्थाहरु संगको सहकार्य गरी अगाडि बढ्नु आवश्यक रहेकाले अबका दिनमा सहकारी संग हातेमालो गर्न तयार रहेको दुहँु गाँउपालिकाका उपाध्यक्ष ईश्वरी जोशीले बताउनु भयो । दार्चुला जिल्लामा विगत १५ बर्ष देखि सहरकारीको माध्यमबाट ागरिकहरुलाई सेवादिदै आएको केदारनाथ सहकारी संस्थाले अहिले सम्म जल्लाकै नमुना सहकारीको माध्यमबाट चिनिएको छ । सहकारी क्षेत्रको विकासका लागि योगदान पुगाउने कर्मचारी सेयर धनीहरुलाई १५ औँ बार्षिक साधारण सभामा मायाको चिनो तथा सम्मान पत्रबाट पुरुषकृत समेत गरेको केदानाथ बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष हरक सिह बडालले जानकारी दिनु भयो । संस्थाको हाल सम्मको कुल बचत रकम ५ करोड ७० लाख ८३ हजार ९ सय ४१ रहेको र कुलबचत कर्ता २९ सय ९८ जना रहेका छन् ।