फिफाको वर्ष खेलमा तीन पुरुष खेलाडीको मनोनयन सार्वजनिक

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

फिफाको वर्ष खेलमा तीन पुरुष खेलाडीको मनोनयन सार्वजनिक

काठमाडौं, मंसिर २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।फिफाले सार्वजनिक गरेको सूचीमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पुरुष खेलाडीको अन्तिम मनोनयनमा परेका छन् ।फिफाका अनुसार यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको छ।लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए भने रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए ।लियोनल मेस्सीले पनि युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।