नेपालमा लगानी बढाउन युरोपेली बैंकलाई आग्रह

६ बर्ष अघि

२0७५ श्रावण १६ बुधबार

नेपालमा लगानी बढाउन युरोपेली बैंकलाई आग्रह

दृष्टीकाेण समाचार काठमाडौं । सरकारले युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी बृद्धि गर्न आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युरोपली पूर्वाधार बैंकलाई नेपालमा लगानी बृद्धि गर्न आग्रह गरेको जानकारी दिएका हुन् । युरोपका विभिन्न मुलुकको भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकले नेपालको ऊर्जा, कृषि र पूर्वाधार विकासमा लगानी बृद्धि गर्न चासो लिएको बताए । युरोपेली पूर्वाधार बैंकले नेपालको ऊर्जा र पूर्वाधार विकासको क्षेत्रमा आर्थिक तथा प्राविधिक लगानी गर्दै आएको छ । मन्त्री ज्ञवालीले आफ्नो भ्रमणपछि युरोपबाट नेपालका लगानी थप बृद्धि हुने विश्वास पनि व्यक्त गर्नु भएको थियो । युरोप बसाइका क्रममा उनले गैरआवासीय नेपालीहरुलाई पनि नेपालमा लगानी भित्रयाउन आवश्यक पहल गरिदिन आग्रह गरे ।