भारतमा थप २९ हजारमा संक्रमण

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

भारतमा थप २९ हजारमा संक्रमण

काठमाडौँ मंसिर २७ । भारतमा थप २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ९८ लाख २६ हजार ३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख २१ हजार २४९ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३९६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ६१८  पुगेको हो ।