अमेरिकामा ३ लाख संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

अमेरिकामा ३ लाख संक्रमितको मृत्यु

काठमाडौँ मंसिर २७ । अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २ हजार ७५० पुगेको छ ।
यस्तै त्यहाँ १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको छ । यो संख्या त्यहाँ एकैदिन संक्रमण हुनेको अहिलेसम्मकै उच्च हो ।पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६४ लाख ३५ हजार ५८२ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका ६६ लाख २५ हजार ४१३ जनामध्ये २७ हजार ३२४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।