अछाममा पिसिआर प्रयोगशालाका लागि १० लाख आर्थिक सहयोग

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

अछाममा पिसिआर प्रयोगशालाका लागि १० लाख आर्थिक सहयोग

आछाम मसिर २७ । अछाम जिल्लको मलबजारमा रहेको पिसिआर प्रयोगशालाका लागि आर्थिक सहयोग गरिएको छ । कमलबजार नगरपालिका अन्तर्गत कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि तुर्माखाद गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।प्रयोगशाला सञ्चालनमा राहत पुगोस् र सहज होस भनेर १० लाख आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताए । यसरी अन्य गाउँपालिकाबाट पनि प्राप्त सहयोगले प्रयोगशालालाई व्यवस्थित गर्नमा थप सहज हुने प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।आर्थिक सहयोग प्राप्त गरेपछि कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश विष्टले खुशी व्यक्त गर्दै तुर्माखाँद गाउँपालिका परिवारलाई धन्यवाद दिएका छन् । यसअघि जिल्लाको ढकारी गाउँपालिकाले पनि गत साउन महिना मै १० लाख अर्थिक सहयोग गरेको थियो ।