सुदूरपश्चिममा हल्का हिमपात सहित पानी पर्ने सम्भावना

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

सुदूरपश्चिममा हल्का हिमपात सहित पानी पर्ने सम्भावना

दार्चुला मंसिर २७ । दार्चुला लगायतका सुदूरपश्चिम  विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएकाले सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो सुदूरपश्चिम, उच्च हिमाली भूभागमा हल्का पानी पर्ने पहाडी भूभागका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र हल्का पानी पर्ने सम्भावना रहेको छ । पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको र हिमाली भूभागमा हिमपात हुने महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकोले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।