सामान लोड गर्ने क्रममा लडेर एक जनाको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

सामान लोड गर्ने क्रममा लडेर एक जनाको मृत्यु

कैलाली मंसिर २७ । कैलालीमा सामान लोड गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार गोदावरी नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय खडक बहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सामान लोड गर्ने क्रममा ना ६ प १९३४ नम्बरको ट्रकबाट लडेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।