बैतडीको झुलाघाटमा सशस्त्रको बीओपी भवन बन्ने

३ बर्ष अघि

२0७७ मंसिर २७ शनिबार

बैतडीको झुलाघाटमा सशस्त्रको बीओपी भवन बन्ने

बैतडी मंसिर २७ । बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बीओपी० को आफ्नै भवन निर्माण हुने भएको छ । यसका लागि रोयल खेमादेवी जेभीसँग एक करोडको ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए । चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको हो । उनले भने,“ ठेक्का सम्झौता भएर केही दिनभित्रै भवन निर्माण कार्य सुरु हुने तयारीमा छ” उनले थपे, “हाल भाडामा बसिरहेको भएपनि भवन निर्माणपछि आफ्नै भवनमा बस्छौँ” उनले थपे, “ब्यारेक र कार्यालय प्रयोजन हुने गरी २ भवन निर्माण हुन्छन् ।”झुलाघाटमा गत जेठ १० गते बीओपी स्थापना भएकोमा हाल भाडाका भवनमा सशस्त्र प्रहरी बसिरहेको छ । सीमा सुरक्षाका लागि झुलाघाटसहित, पञ्चेश्वर र शिवनाथको कुस्मौत घाटमा बीओपीको स्थापना भएको छ । कुस्मौत घाटमा पनि भाडाको भवनमा सशस्त्र प्रहरी बसिरहेको छ भने पञ्चेश्वरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाकै घरमा बसिरहेको छ । सीमा सुरक्षाका लागि २४सै घण्टा सुरक्षा दिने, सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएका हुन् । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ । रासस