नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ मंसिर २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ । पछिल्लो २४ घण्टामा थप १२७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३२ हजार ८७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।