कोरोनाका कारण लेकम गाउँपालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

कोरोनाका कारण लेकम गाउँपालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द

पृथ्वीराज सुनाम २६ मंसिर । दार्चुलाको लेकम गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । लेकम गाउँपाकिलामा कार्यरत एक जना कर्मचारीमा कोरोना रिर्पोट पोजेटिभ देखिएकाले लेकम गाउँपालिकामा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । लेकम गाउँपालिका, गाउँकार्यालयको कार्यालय, रातामाटाले जारी गरेको पत्रसाथका आधार शुक्रबार साँझ७ः०० बजे बाट ७ दिनका लागि अत्यावश्क सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्दगरिएको हो । कोरोना संक्रमण देखिएका व्यतिबाट समुदायस्तरमा संक्रमण फैलिन नदिन ७ दिनका लागि सेवाप्रवाह बन्द गरिएको लेकम गाँउपालिकाले जनाएको छ । सुचना सहित