नेपालमा कोरोना भाइरसबाट निको हुने दर बढ्यो

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

नेपालमा कोरोना भाइरसबाट निको हुने दर बढ्यो

काठमाडांै २६ मंसिर । नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर बढेको छ । बिहिबारको तथ्याङ्कअनुसार बिश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । नेपालमा दई लाख ४५ हजार ६ सय ५० संक्रमित मध्ये २ लाख ३१ हजार ६ सय १ जना निको भई घर फर्किसकेका छन् । नेपालमा कुनै समय ६२ प्रतिशत मात्र कोरोना संक्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्कमा हेर्दा निकोहुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ । उपाचार सेवा राम्रो भएकाले संक्रमितको निको हुने दर पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२।९, २० गते ९३।४, २१ गते ९३।७, २२ गते ९४, २३ गते ९४।१ र २४ गते ९४।३ प्रतिशत सङ्क्रमित निको भएका छन् । बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४।२ प्रतिशत सङ्क्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए । यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्याङ्कमा नेपालमा सङ्क्रमितमध्ये ०।६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६।५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म एक हजार ६६३ जनाको सङ्क्रमणका कारणले निधन भइसकेको छ ।विश्वमा २।३ प्रतिशत सङ्क्रमितको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको पाइएको छ । विश्वमा १५ लाख ७६ हजार ८५ जनाको सङ्क्रमणको कारणले निधन भएको छ ।