जनक साउँद मंसिर २६ बैतडी । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिमका दलीत समुदायका बालबालीकाहरुले गिट्टि कुटेर कापी कलम खर्च जुटाउने गरेका छन । भुलेउडा समुदायका १ दर्जन बढी बालबालीहरुले अहिले दैनिक जसो गिट्टि कुटिरहेका देख्न सकिन्छ । कोरोनाको जोखिममा कारण अहिले बिद्यालय बन्द हुदाँ आफुहरु अहिले दैनिक गिट्टि कुट्ने गरेको उनीहरुले बताएका छन । घरको आर्थिक अबस्था कमजोर भएकोले गिट्टि कुटेर कापीकलम खर्च जुटाउनु पर्ने बाध्यता उनीहरुको छ । सिल्लेगाडा रिम सडकखण्डको बिभिन्न ठाउँहरुमा दलित समुदायका बालबालीकाहरु गिट्टि कुटिरहेको देख्न सकिन्छ । गत बिगतका बर्षहरुमा उनीहरुका अभिभावकहरुले भारतको पिथौरागढ लगायतका ठाउँहरुमा गएर घर खर्च चलाउने गरेका थिए । अहिले कोरोनाको त्रास कायमै रहेकाले घरमै बस्नु परेको छ । उक्त ठाउँका ७ बर्षदेखि १५ बर्ष उमेर समुहका बालबालीकाहरुले गिट्टि कुटेर प्रतिकट्टा ५० रुपैयाका दरले बिक्रि गर्ने गरेका छन । गिट्टि कुटेर कमाएको पैसाले उनीहरुले कापी कलम मात्रै किन्ने गरेका छैनन । घर खर्च चलाउन पनी अभिभावकहरुलाई सहयोग गरेका छन ।