रत्नलाई पराजित गर्दै प्रिन्स दाहाल फाइनलमा

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

रत्नलाई पराजित गर्दै प्रिन्स दाहाल फाइनलमा

दार्चुला मंसिर २६ । प्रिन्स दाहाल सेनाका रत्नजित तामाङलाई पराजित गर्दै तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप (२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियस्तरीय पुरुष एकलको फाइनल प्रवेश गरेका छन्।बिहीबार सम्पन्न सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे। निकै नै आक्रामक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौकानै प्रदान गरेनन्। अब उपाधिका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन्।साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप(२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाइनलमा नवीनले सेनाकै रुकेश महर्जनमाथि २१–१७, २१–१० को जित निकाल्दै फाइनलमा प्रिन्ससँगको भेट पक्का गरेका हुन्।यसअघि आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्गमा भएको ४०औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम इभेन्ट्समा रत्नलाई पराजित गरेका थिए। हालै निस्केको बिश्व जुनियर बरियतामा प्रिन्स ११ औं स्थानमा रहेका छन् भने ब्याडमिन्टन एशियाले प्रिन्सलाई उत्कृष्ट जुनियर खेलाडी घोषित गरेको थियो। बिहीबारै भएको क्वाटरफाइनलको खेलमा सेनाका रत्नजितले पुलिसका जीवन आचार्यलाई २१–१०, २१–१३ र प्रिन्सले सेनाका पविन लिनथेपलाई दुवै सेट २१–१७ को समान अंकले पराजित गर्दै सेमिमा भिडन्त पक्का गरेका थिए।यस्तै अर्को खेलमा नवीनले आफ्नै क्लबका प्रफुल महर्जनमाथि २१–१२, १६–२१ र २१–१८ तथा सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान पक्का गरेका थिए।कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित रहेका राष्ट्रिय खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाइरहेका छन्। राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल शुक्रबार हुनेछ।राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन्। ब्याडमिन्टनको इतिहासमा यति ठूलो रकमको पुरस्कार रहेको यो पहिलो हो। यस्तै सेमिफाइनलिस्ट रत्नजित र रुकेशले जनही १०(१० हजार प्राप्त गर्नेछन्।