बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु

बझाङ मंसिर २६ । बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा महेन्द्रनगर आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिदा २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसेको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको हो। चालक दिपक बोहोरा र बस स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।