‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन

काठमाडौं मंसिर २६ । फिल्म ‘कहानी तिम्रो मेरो’ निर्माण गरिने भएको छ । यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टिमले यो फिल्म निर्माण गर्न लागेको हो ।रोमान्टिक कमेडी कथामा निर्माण गर्न लागिएको यो फिल्ममा केकी अधिकारी र निराजन प्रधानको शीर्ष भूमिका रहनेछ । फिल्ममा अन्य कलाकार को रहने भन्नेबारे भने अझै जानकारी गराइएको छैन ।अर्को वर्षको दशैं पारेर रिलिज हुने भनिएको यो फिल्मको काम छिट्टै थालिने जनाइएको छ । यही टिमले यसअघि फिल्म ‘बोक्सीको घर’ को समेत निर्माण गर्ने घोषणा गरेको थियो ।