स्तनपान सप्ताह सुरु, बहुमुखी क्याम्पसमा कार्यक्रम गरियो 

६ बर्ष अघि

२0७५ श्रावण १६ बुधबार

स्तनपान सप्ताह सुरु, बहुमुखी क्याम्पसमा कार्यक्रम गरियो 

दृष्टीकोण समाचार साउन १६ दार्चुला । २६ औँ विश्वस्तनपान सप्ताह २०१८ को उपलक्ष्यमा सुदुरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा बुधबार ‘स्तनपान ः जिवनको आधार ’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ । क्याम्पस प्रमुख कृष्णसिह साउँदको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर हरिश भट्ट, सुआहारा कार्यक्रमका मतृशिशु बाल स्वस्थ्य अधिकृत पुनम अवस्थी, सिआरडिएसका फिल्ड संयोजक उदय बोहरा अतिथी रहेका थिए । कार्यक्रमा क्याम्पसका प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।