अमेरिकामा १ करोड ६० लाख मानिसमा कोरोना संक्रमण

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

अमेरिकामा १ करोड ६० लाख मानिसमा कोरोना संक्रमण

काठमाडौँ मंसिर २६ । अमेरिकामा १ करोड ६० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ७७९ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६० लाख ३९ हजार ३९३ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ३० हजार ८६५ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका ६४ लाख ८ हजार ८३६ जनामध्ये २७ हजार ३५२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ९९ हजार नाघेको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९७४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९९ हजार ६९२ पुगेको छ ।