पाल्पामा २० वर्षीया युवती बलात्कारको आरोपमा एकजना पक्राउ   

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

पाल्पामा २० वर्षीया युवती बलात्कारको आरोपमा एकजना पक्राउ   

काठमाडौं मंसिर २६ । पाल्पामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका(५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली रहेका छन् । मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।