सुदूरपश्चिम धनगढीकी दुलही टिकटकमा भाइरल,

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

सुदूरपश्चिम धनगढीकी दुलही टिकटकमा भाइरल,

सुदूरपश्चिम धनगढीकी दुलही टिकटकमा भाइरल,
धनगढी मंसिर २६ । सुदूरपश्चिम धनगढीकी दुलही टिकटकमा भाइरल भएकी छिन् । टिकटकमा भाइरल दुलहीको माइतीघर धनगढी रहेको छ । धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो। माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन्।  भिडियोमा ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु।  अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले १ धेरै खान्या हुँ। नरुनु।’ दुलहीले कारबाट आमालाई सम्झाउँदै भनेको यो भिडियो अहिले निकै चर्चामा आएको छ। ‘विचार गरेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ एपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको थियो। टिकटक र फेसबुकमा भाइरल भइरहेको यो भिडियो कसको हो रु भन्ने कुरा अहिले निकै चासोको विषय बनेको छ। रामल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो भाइरल भइरहेकै बेला फेरी अर्को भिडियो पनि सार्वजनिक भएको छ। जुन भिडियोमा उनी पूर्व वाचा अनुसार माइतीघर आएको देख्न सकिन्छ भने आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन्।यी दुवै भिडियो टिकटक हुँदै सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम ट्विटर आदीमा अहिले भाइरल भइरहेका छन्। उनको पहिलो भिडियो टिकटकमा मात्र ३९ लाख पटक हेरिएको छ। सो भिडियाले ४ लाख ७७ हजार लाइक पाएको छ। १४ हजार हजार ३ सय जनाले शेयर गरेका भिडियोमा ६ हजार ६ सय १८ कमेन्ट छन्। दोस्रो भिडियो टिकटकमा मात्र १० लाख पटक हेरिएको छ। १ लाख ३ हजार ३ सय जनाले लाइक गरेको सो भिडियोमा १ हजार ३ सय ४९ जनाले शेयर गरेका छन् भने ८ सय ८८ जनाले कमेन्ट गरेका छन्। शान्तिले आफू भाइरल भएपछि मात्र भिडियो खिचिएकोबारे थाहा पाएको बताएकी छन्। ‘फोन गरेर थीहरुले तिम्रो भिडियो भाइरल भएको छ भनेका थिए तर विश्वास लागेको थिएन,’ नवदुलही शान्ति शर्मा मुडवरीले भनिन्, ‘त्यो भिडियो टिकटकमा भाइरल भएको कुरा धनगढी आएपछि मात्र मैले थाहा पाए। मेरो बच्चैदेखि मिल्ने साथीले भिडियो कैद गरेर हालेकी रहेछिन्।’आफ्नो भिडियो भाइरल भएकोमा खुसी व्यक्त गर्दै शान्तिले भनिन्, ‘विवाहको दिन मेरा लागि विशेष त थियो नै तर भिडियोले साँच्चै त्यो दिनलाई अविस्मरणीय बनाएको छ। साथीहरु पनि खुसी भएका छन्। नचिन्नेहरुले पनि मलाई चिने।’ विवाहको दिन माइतीघरबाट बिदाइ हुने बेला प्रायजसो दुलहीहरु रुने गर्छन्। तर शान्तिले भने रोइरहेकी आमालाई सम्झाउँदै संवाद गरेकी छन्। उनी भन्छिन्, ‘आँखामा आसु आउँदा आउँदै पनि थामे। किनकी म रोयो भने मम्मी ९आमा० र घरपरिवारलाई झन पीडा हुन्छ भन्ने ठानेर आफूलाई सम्हाले।’झण्डै १ वर्षदेखि प्रेम सम्बन्धमा रहेका पोखरामा बसोबास गर्ने चिरन्जीवि ओझा र उनको घरपरिवारको सहमतिमै विवाह भएको हो। उनीहरु दुवै जनाको पुख्र्यौली घर भने अछाम हो। उनी काठमाडौँमा वस्थापन संकायमा स्नातकोत्तर ९एमबीए० गरिरहेकी छन् भने चिरन्जीवि जागिरे हुन्। उनले कक्षा ६ देखि १२ सम्मको अध्ययन धनगढीको ऐश्वर्य विद्या निकेतनमा गरेकी हन् भने स्नातक तह दोस्रो वर्षसम्म ऐश्वर्य क्याम्पसमा अध्ययन गरेकी उनी हाल काठमाडौँमा अध्ययनरत छन्। उनी मुडभरी शान्तिको नामबाट टिकटक चलाउँदै आएकी छन्।