युरोपा लिगमा आर्सनलको विजयी यात्रा कायमै

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

युरोपा लिगमा आर्सनलको विजयी यात्रा कायमै

काठमाडौं  मंसिर २६ ।  युरोपा लिग फुटबलमा आर्सनलले समुहका सबै ६ खेलमा जित निकालेको छ ।समूहको अन्तिम खेलमा गएराति आयरल्याण्डको डुन्डाल्क एफसीलाई ४–२ ले हराउँदै आर्सनलले समूह चरणमा शत प्रतिशत जितको यात्रालाई निरन्तरता दिएको हो ।गएरातिको खेलमा आर्सनललाई विजयी गराउन एन्केतिया, एल्नेनी, विलक र बालोगनले एक एक गोल गरेको थियो ।युरोपा लिगकै अर्को खेलमा इंग्ल्याण्डको टोटनह्याम हट्सपरले बेल्जियमको रोयल एन्ट्रेपलाई २–० ले हराएको छ ।यसैगरी इंग्याण्डको लेष्टर सिटीले ग्रिसको एईके एथेन्सलाई २–० ले हराउँदा स्कटल्याण्डको रेन्जर्सले पोल्याण्डको लेछ पोयानलाई २–० ले नै पाखा लगायो ।गएराति एसि मिलान, सेल्टीक, स्पोर्टिङ ब्रागा, होफनहाइम र डाईनामो जाग्रेब पनि विजयी भए छन्। गएराति समूह चरणका खेलहरु सकिएसँगै थप ६ वटा टोली नक आउट चरणमा पुगेका छन् ।यो सँगै युरोपा लिग फुटबलमा नक आउट चरणमा पुगने सबै ३२ वटा टोलीहरुको टुंगो लागेको छ ।