गोली हानेर एक पत्रकार महिलाको हत्या

३ बर्ष अघि

२0७७ मंसिर २६ शुक्रबार

गोली हानेर एक पत्रकार महिलाको हत्या

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ ।पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरी हत्या गरेको  जनाएको छ ।ततायी हत्याराको आक्रमणमा माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिर पनि मारिएका छन् ।हालसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन । माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन् ।