अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख २५ हजारमा संक्रमण

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख २५ हजारमा संक्रमण

काठमाडौँ मंसिर २५ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ  । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २५ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।  अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि गत शनिबार ९२० मंसिरमा० २ लाख २४ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला दिनमा लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५८ लाख २० हजार ४२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख २६ हजार ४११ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६२ लाख ९६ हजार ९३३ जनामध्ये २७ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८९६ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २४३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९६ हजार ६९८ पुगेको छ ।