नगर प्रमुख आफै सरसफाईमा जुटे, सरसफाई अभियान सुरु (फोटो फीचर) 

६ बर्ष अघि

२0७५ श्रावण १६ बुधबार

नगर प्रमुख आफै सरसफाईमा जुटे, सरसफाई अभियान सुरु (फोटो फीचर) 

दृष्टीकोण समाचार, साउन १६ दार्चुला । दार्चुलाको दोश्रो ठुलो बजार गोकुलेश्वर बजारमा शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिह धामीको नेतृत्वमा नगर सरसफाई अभियान सुरु गरिएको छ ।  शैल्यशिखर नगर कार्य पालिकाको निर्णय अनुसार नगरपालिकाको सदरमुकाम क्षेत्र गोकुलेश्वर बजारमा साँकेतिक रुपमा हरेक महिनाको एक दिन सरसफाई गर्ने र अरु बेला बजारमा सरसफाई गर्नका लागि अभियान सुरु गरिएको नगर प्रमुख अमरसिह धामीले जानकारी दिनुभयो । 

सरसफाई अभियानमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्ट, नगर कार्यसमितिका पदाधिकारी, सुरक्षाकर्मी, अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । नगरपालिकालाई सफा र स्वच्छ राख्ने अभियानलाई आगामि दिनमा निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । 
फोटो फीचर