भारतमा थप २६ हजार जनामा संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

भारतमा थप २६ हजार जनामा संक्रमण पुष्टि

काठमाडौँ मंसिर २५ । भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजारभन्दा बढी संक्रमित भएका छन् । थप २६ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९७ लाख ६२ हजार ३२६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख ४४ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३३७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार ७३५  पुगेको हो ।