क्यानाडामा पनि कोरोनाको खोप स्वीकृत

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

क्यानाडामा पनि कोरोनाको खोप स्वीकृत

एजेन्सी मंसिर २५ । क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोप १६ वर्षभन्दा माथिका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले फाइजर खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारेको अनुसन्धानपछि खोप लगाउन सुरक्षित देखिएकाले अनुमति दिएको जनाएको छ ।अब अर्को साताबाट क्यानाडामा सो खोप लगाइने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिएका छन् । क्यानाडाका १४ वटा वितरक कम्पनीलाई खोप वितरणको जिम्मा दिइएको उनले बताए । कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउन थालिसकेको छ ।