बैतडीका १३ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ मंसिर २५ बिहीबार

बैतडीका १३ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी,मंसिर २५। बैतडीमा बिहिबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बैतडीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको डिलासैनी गाउँपालिकाका ४०,४०,३१,३०,३१,२९,२६,२७,२९,३८,४०,३५ र २४ बर्षका पूरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनुभएको छ । थप एकजना कोरोना जितेर घर गएसंगै डिस्चार्ज हुनेको संङख्या ५ सय २० पुगेको छ । बिहिबार १३ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संङख्या ५ सय ९५ पुगेको छ । जसमध्ये हाल ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।